ad ad

राजनीति


सोविता गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन’ अवार्ड

सोविता गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन’ अवार्ड

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८० बिहिबार १०:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई 'योङ वर्ल्ड पोलिटिसियन' अवार्ड प्रदान गरिएको छ।

युवा राजनीतिज्ञका लागि अन्तर्राष्ट्रिय संस्था 'द ग्लोबल कम्युनिटी फर योङ लिडर'ले सोवितासहित विश्वका ५ जना युवा नेतालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। १८ देखि ३५ वर्ष उमेरका युवा राजनीतिज्ञलाई वितरण गरिने उक्त अवार्ड वितरण गरिन्छ।

आफ्नो देशमा युवाहरूलाई सकारात्मक प्रभाव पार्ने नेतालाई उक्त अवार्ड प्रदान गरिँदै आएको संस्थाले जनाएको छ। यस अवार्डका लागि 'योङ वर्ल्ड'का विशेषज्ञ निर्णायक प्यानलद्वारा १५ जनालाई सर्टलिस्टबाट छनोट गरिएको थियो। जसमध्ये सोवितासहित क्यानडाकी एरियल केबागा,  आयर अयोर मकुर चुओट, न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीलाई यस वर्षको युवा अवार्ड प्रदान गरिएको होो।

अवार्ड वन योङ वर्ल्ड समिट बेलफास्ट २०२३ मा वितरण गरिने बताइएको छ।

उनलाई बिजुली नभएको गाउँमा, सुविधा नभएको स्कुलमा पढेर पनि नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद बनेको बताइएको छ। उनको भाषण सामाजिक सञ्जालमा लाखौँले हेर्ने गरेको तथा शिक्षा, स्वास्थ्य, रोजगारी र विपन्न वर्गको अधिकारको क्षेत्रमा काम गरेको भन्दै उक्त अवार्ड दिइएको बताइएको छ।

गौतमले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई बलियो बनाउन आवाज उठाएको र हाल कानून, न्याय र मानव अधिकार समितिमा सेवा गर्दै संसदमा महत्त्वपूर्ण प्रभाव पार्ने प्रयास गरिरहेको उल्लेख संस्थाले उनको प्रोफाइलका रुपमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .