सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक आज (बिहीबार) पनि जारी छ।
बैठक केही बेरअघि सुरु भएको हो। बैठक असार २९ देखि चम्पादेवीमा जारी छ।
आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीका पदाधिकारीहरूले राखेका प्रश्नमा उत्तर दिइरहेका छन्। साथै उनले वर्तमान परिस्थिति र पार्टीको कार्यभारका विषयमा आफ्नो धारणा राख्नेछन्।
बाँकी एजेन्डामा पनि आजै छलफल हुने एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठक आज दिनभर चल्नेछ।
45
Shares
प्रतिक्रिया