ad ad

राजनीति


युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटियोः क्यानडाका प्रधानमन्त्री ट्रुडो

युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटियोः क्यानडाका प्रधानमन्त्री ट्रुडो

नेपालखबर
पुस २४, २०७६ बिहिबार २१:५२,

बुधबार बिहानै तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनियन विमान उड्नासाथ दुर्घटनामा परेको थियो।

दुर्घटनापछि बोइङ ७३७ विमानमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो।

विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य थिए। दुर्घटनामा इरानका ८२ नागरिकको मृत्यु भएको थियो भने क्यानडाका ६३ जनाको मृत्यु भएको थियो। यस्तै ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जनर्म र ३ वेलायती नागरिकको मृत्यु भएको थियो।

ट्रुडोले पत्रकार सम्मेलन गर्दै भनेका छन्,‘ युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको छ। हामीले क्यानडाका सहयोगी साथै हाम्रै उच्च श्रोतहरुबाट यो जनकारी पाएका छौं कि ६३ क्यानडेली नागरिकको मृत्यु हुनेगरी भएको युक्रेनियन विमान दर्घटनाको कारण इरानी क्षेप्यास्त्र हो। क्यानडासँग प्रश्न छ र हामी उत्तर चाहन्छौं।’

सो क्रममा ट्रुडोले तत्काल इरानलाई दोष दिइहाल्नु छिटो हुने बताउँदै यस घटना जानाजान भएको हो कि होइन यसको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका छन्।

(भिडियो)

ट्रुडोले इरानी क्षेप्यास्त्रले युक्रेनको विमान दुर्घटनामा परेको भनेर प्रतिक्रिया दिन अगाडि नै अमेरिकी संचार माध्यमहरुले अमेरिकी अनुसन्धानकर्तालाई उदृत गर्दै उक्त घटना इरानले अन्जानमा गरेको भनेर समाचार सम्प्रेषण गरेका थिए।

इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको केहि घन्टाभित्रै सो जहाज दुर्घटनामा परेको थियो।

त्यसपछि इरानी क्षेप्यास्त्रले नै उक्त विमान दुर्घटनामा परेको आशंका गरिएको थियो। इरानले पनि विमानको ब्ल्याक बक्स बोइङ र अमेरिकालाई नदिने बताएपछि थप शंका उब्जिएको थियो।

यतिबेला भने इरान ब्ल्याक बक्स अध्ययन गर्न दिन राजी भएको छ। इरानले इन्जिन खराबी भएका कारण विमान दुर्घटनामा परेको बताएको थियो।

अमेरिकी इन्टेलिजेन्स अधिकारीहरुले स्याटेलाइटबाट प्राप्त सूचनाका आधारमा यस निष्कर्षमा पुगेको बताएको सीबीएसले जनाएको छ।

अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई इराकमा ड्रोन आक्रमण गरेर हत्या गरेपछि इरानले अमेरिकासँग बदला लिन बुधबार इराकस्थित अमेरिकी सैन्य क्याम्पमा २२ वटा मिसाइल आक्रमण गरेको थियो।

यस आक्रमणको केही बेरमै इरानमा युक्रेनियन विमान दुर्घटनामा परेको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .