ad ad

ग्लोबल


'इरानले झुक्किएर मिसाइल हान्दा युक्रेनी जहाज दुर्घटना'

'इरानले झुक्किएर मिसाइल हान्दा युक्रेनी जहाज दुर्घटना'

नेपालखबर
पुस २४, २०७६ बिहिबार १७:५०,

बुधबार युक्रेनी जहाजलाई इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि दूर्घटना हुनगएको अमेरिकी मिडियाहरुले दाबी गरेका छन्।

सो जहाज इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दूर्घटनामा पर्दा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो।

युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको वोइङ ७३७–८०० लाई मिसाइल प्रहार भएको अमेरिकी अधिकारीहरुले दाबी गरेकाे अमेरिकी मिडिया सीबीएसले जनाएको छ।

उसका अनुसार युक्रेनले सो जहाजलाई खसालिएको हो कि होइन भन्ने अध्ययन भइरहेको जनाएको थियो।

इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा मिसाइल आक्रमणहरु गरेको केहि घन्टाभित्रै सो जहाज दुर्घटना भएको थियो।

अमेरिकी इन्टेलिजेन्स अधिकारीहरुले उनीहरुको स्याटेलाइटबाट प्राप्त सूचनाका आधारमा सो निष्कर्षमा पुगेको बताएको सीबीएसले जनाएको छ।

यसैबीच, न्यूजवीकले पनि अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागन र अन्य वरिष्ठ अमेरिकी इन्टेलिजेन्स अधिकारी र इराकी अधिकारीहरुलाई समेत उद्धृत गर्दै ‘युक्रेनियन जहाजमा एउटा रसियामा बनेको टोर मिसाइलबाट प्रहार भएको’ जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सम्बोधनका क्रममा ‘कसैले गल्तिले गरेको हुनसक्ने आफूलाई लागेको’ बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा इरानी जर्नेल कसीम सुलेमानीको हत्या भएपछि अमेरिका र इरानबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटना भएको थियो भने उता इरानले दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनी बोइङ वा अमेरिकालाई नदिने बताएको छ।

सीएनएनका अनुसार सो विमान दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिकको मृत्यु भएको छ।

इरानका ८२, क्यानडाका ६३, युक्रेनका ११, स्वीडेनका १०, अफगानिस्तानका ४, जर्मनीका ३ र ३ वेलायती नागरिकको मृत्यु भएको छ।

–बीबीसी र अन्य एजेन्सीहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .