ad ad

राजनीति


रविलाई साथमा राखेर तनहुँ १ मा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

रविलाई साथमा राखेर तनहुँ १ मा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ताका क्रममा स्वर्णिम वाग्ले र रवि लामिछाने। तस्बिर : वासुदेव मिश्र/नेपालखबर


नेपालखबर
चैत २०, २०७९ सोमबार १६:७, तनहुँ

तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन्। 

वाग्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। 

त्यसक्रममा स्वर्णिमको साथमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि थिए।

कांग्रेसका गोविन्द भट्टराईलाई साथ दिन महामन्त्री गगन थापा पुगेका बेला रवि पनि चितवनबाट तनहुँ पुगेका हुन्।

रवि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका छन्। 

वाग्लेको प्रस्तावकमा विश्वनाथ बास्तोला र समर्थकमा रुपक विक घिमिरे रहेका छन्।

तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सो क्षेत्र खाली भएको हो। 

वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न वाग्ले कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .