ad ad

समाज


मिटरब्याजपीडितको अर्को टोली पनि काठमाडौंमा, सहमति फितलो भएको भन्दै प्रदर्शन

मिटरब्याजपीडितको अर्को टोली पनि काठमाडौंमा, सहमति फितलो भएको भन्दै प्रदर्शन

नेपालखबर
चैत २०, २०७९ सोमबार १६:३२, काठमाडौँ

मिटरब्याजपीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।

देशभरका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजपीडितको दोस्रो टोलीले सोमवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरुले सिंहदरबार अगाडि कार्यक्रम गरेका छन्।

यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो।

सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।

सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ। तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन शुरु गरेका हुन्। 

सोमवार काठमाडौंमा आएका मिटरब्याजी पीडितहरुले मिटरब्याजबिरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन्।

मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर पीडितहरुले ‘किसानको भूमि फिर्ता गर, फर्जि तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटरब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पिडित किसान एक हौं’ जस्ता नारा समेत लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .