ad ad

राजनीति


तुरुन्तै इराक छोड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

तुरुन्तै इराक छोड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ११:३३,

इराकमा आफ्ना सेनाको कारबाहीमा इरानी कमान्डर मारिएपछि आफ्ना नागरिकविरुद्ध आक्रमण हुनसक्ने भन्दै अमेरिकाले तुरुन्तै इराक छोड्न आग्रह गरेको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले तुरुन्तै इराक छोड्न भनेको सीएनएनले जनाएको छ।

त्यस्तै अमेरिकाले बग्दादमा रहेको अमेरिकी राजदूतावास वरपर समेत नजान आफ्ना नागरिकलाई सचेत गराएको छ। मंगलबार मात्रै इरानसमर्थित प्रदर्शनकारीले अमेरिकी दूतावास घेरेर आगजनी र विरोध प्रदर्शन गरेका थिए। त्यस्तै, युरोपेली देश फ्रान्सले पनि आफ्ना नागरिकलाई इरानमा कुनै भेला, बैठक नगर्न सचेत गराएको छ। फ्रान्सले नागरिकलाई इरानमा केहीको पनि तस्बिर नखिच्न भनेको छ। 

शुक्रबार बिहानै अमेरिकी सेनाको आक्रमणमा इरानकोे कुद्स फोर्सका कमान्डर कासिम सुलेमानीको मृत्यु भएको थियो। उनीसँगै इराकी अर्धसैनिक बलका उपप्रमुख अबु महदी अल मुहान्दिसको पनि मृत्यु भएको थियो। इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले आक्रमणको भर्त्सना गर्दै अमेरिकासँग बदला लिने बताइसकेका छन्।

sulemani

कासिमको पद इस्माइलले लिए
यसैबीच, इरानका सर्वोच्च धार्मिक नेता इस्माइल कानीलाई कासिम सुलेमानीको पदमा नियुक्त गरेका छन्। इस्माइलले इरानी रिभोल्युसनरी गार्डको विदेश हेर्ने प्रमुखको रुपमा जिम्मेवारी पाएको अल जजिराले जनाएको छ। यसअघि इस्माइल ब्रिगेडियर जनरल रहेका थिए। अब उनी कुद्सको कमान्डर भएका छन्।

शुक्रबारको आक्रमणको इराकले विरोध गरेको छ भने इरानले बदला लिएरै छाड्ने चेतावनी दिएको छ। रुसले भने कमान्डरको मृत्युमा इरानलाई शोक वक्तव्य पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .