ad ad

राजनीति


विश्वविद्यालयको कुलपति बनिन् हिलारी क्लिन्टन

विश्वविद्यालयको कुलपति बनिन् हिलारी क्लिन्टन

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १०:५२,

सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको कुलपति (चान्सलर)मा नियुक्त भएकी छन्।

बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो। सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो।

क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर र पहिलो महिला चान्सलर भएको विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन्।

संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ। स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाइ छ।

चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ। अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी यही जनवरीदेखि सुरु भएर आगामी पाँच वर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ।

क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिस्पर्धामा थिइन्। त्यसअघि उनी अमेरिकी विदेशमन्त्री पनि बनेकी थिइन्। रासस-सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .