नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखामा निर्माण भएका विद्युत परियोजनाहरुको सफलतासँगै जिल्लावासीको समुन्नति हुने बताएका छन्।
विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत आयोजनाको उद्घाटनका क्रममा बोल्दै सांसद बजगाईंले गोरखाकै गौरव बूढीगण्डकी र अन्य साना विद्युत आयोजनाका सफलतासँग गोरखाको विकास जोडिएको बताए।
आफ्नो निर्वाचन क्षेत्रमा मात्रै साना खोलाहरुबाट एक हजार मेगावाट विद्युत उत्पादनका लागि पीपीए भएको स्मरण गराउँदै बजगाईले आयोजनाहरुको लागत अनावश्यक बढ्न दिन नहुने बताए।
‘बूढीगण्डकीको प्रस्तावित प्रसारण लाइन निर्माणमा १ अर्ब ८० करोड रुपैयाँ फजुल खर्च हुने देखिन्छ। गुम्दा र लाप्राकबीच ग्रीड बनाउने हो भने फजुल खर्च रोक्न सकिन्छ’, उनले भने।
माछाखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरेकोमा खुसी व्यक्त गर्दै सांसद बजगाईंले जलविद्युत र पर्यटन प्रवर्द्धनबाट मुलुकले समृद्धि गर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफू दुवैजना गोरखाबाट निर्वाचित भएको संस्मरण गर्दै सांसद बजगाईले गोरखाको समग्र विकासमा आफूहरुको विशेष चासो रहने बताए।
Shares
प्रतिक्रिया