ad ad

राजनीति


विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- हामी राजनीतिकर्मी जनतासामु चुकेका छौं

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- हामी राजनीतिकर्मी जनतासामु चुकेका छौं

नेपालखबर
पुस २६, २०७९ मंगलबार १३:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मीप्रति जनताको असन्तोष भएको कुरा लुकाउन नहुने बताएका छन्। राजनीतिकर्मीहरु चुकेको कुरा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकाल स्वर्णिम बनाउन लाग्ने प्रतिवद्धता जनाएका छन। 

‘जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने कुरा लुकाएर होइन त्यसलाई स्वीकार गर्नेगरी कार्यकाल सुरु गर्न म यो संसदको विश्वास चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने। 

आफ्नो यसअघिका कार्यकाल सफल कार्यकालका रुपमा इतिहासमा दर्ज भएको उनले दाबी गरे। आफू यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको बताए। ‘विश्वासको मत पाएँ भने प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेका छौं, त्यसो हुन्न थियो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुँदैनथ्यौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .