ad ad

राजनीति


महाधिवेशन मुख्य एजेण्डा बन्नुपर्छः महत

महाधिवेशन मुख्य एजेण्डा बन्नुपर्छः महत

नेपालखबर
पुस ६, २०७६ आइतबार १४:९,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन्।

उनले एमसीसीको मिलिटरीसँग कुनै सम्बन्ध नभएको बताउँदै भ्रममा नपर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे। रिपोटर्स क्लबमा पत्रकारहरुसँग साक्षात्कारमा बोल्दै नेता महतले मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पु-याउने बताए। उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गरे।

सन् २००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई एमसीसी कार्यक्रम अन्तर्गत ५० करोड अमेरिकी डलर सहयोग गर्दै आएकाले सबै शर्त पुरा गरी सहयोग लिन ढिलाई गर्न नहुने बताए।

फरक प्रसङ्गमा उनले कांग्रेस भित्र केही विवाद रहेको बताउँदै ति विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए। उनले बहुमतको आधारमा अनुचित निर्णय गर्न नहुने भन्दै महाधिवेशनलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .