ad ad

राजनीति


अर्थमन्त्रीसहित आठ नेतालाई राष्ट्रपतिले छुट्टै भेटेपछि ...

अर्थमन्त्रीसहित आठ नेतालाई राष्ट्रपतिले छुट्टै भेटेपछि ...

नेपालखबर
पुस ५, २०७६ शनिबार १७:३५,

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा अर्थमन्त्रीसहित नेकपाका आठ नेता शनिबार बिहानै शितल निवास गएपछि स्थायी कमिटी बैठक नै प्रभावित भएको छ।

नेकपाका स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङ, शंकर पोखरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेल र शक्ति बस्नेतको टोली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार बिहान शितल निवास पुगेका थिए।

अर्थमन्त्री युवराज खतिवडा समेत रहेको बिहान नौबजेदेखि शुरु भएको भेट लम्बिएपछि आठ जना स्थायी कमिटी सदस्य ढिलो गरि बैठकमा पुगेका थिए। उनीहरू एकै पटक बैठकमा पुगेपछि अन्य सदस्य तथा बैठकको अध्यक्षता गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले जिज्ञासा राखेका थिए।

राष्ट्रपति भण्डारी राजनीतिक रुपमा सक्रिय भइरहेको चर्चा भइरहेका बेला शितल निवासमा भएको भेटवार्तामा सहभागी स्थायी कमिटीका एक सदस्यले ‘समाजवाद उन्मुख अर्थतन्त्र’ बारे राष्ट्रपतिले जिज्ञासा राखेको बताए।

‘राष्ट्रपतिले यो भेटका लागि चार दिन अघि नै आमन्त्रण गर्नु भएको थियो’, उनले भने, ‘ समाजवाद उन्मुख अर्थतन्त्रका विशेषताबारे राष्ट्रपतिले छलफल गर्नु भयो।’

यो कार्यक्रम तय हुँदा स्थायी कमिटी बैठक सकिने अपेक्षा गरिएको थियो तर बैठक लम्बिएकाले पूर्व निर्धारित कार्यक्रमअनुसार नै राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको ती सदस्यले बताए।

ढिलो बैठकमा प्रवेश गरेका स्थायी कमिटी सदस्यहरूलाई ‘एक पटक पनि खबर नगरि किन बाहिर’ भन्दै अध्यक्ष दाहालले जिज्ञासा राखेका थिए भने केही सदस्यले आपत्ति नै जनाएका थिए।

बैठकमा राष्ट्रपतिसँग भएको भेटबारे प्रदीप ज्ञवालीले जानकारी गराएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .