ad ad

राजनीति


प्रधानमन्त्री मोदी देख्न, सुन्न र बोल्न सक्दैनन् : अनुराग कश्यप

प्रधानमन्त्री मोदी देख्न, सुन्न र बोल्न सक्दैनन् : अनुराग कश्यप

नेपालखबर
पुस ५, २०७६ शनिबार ७:४०,

फिल्म निर्माता निर्देशक अनुराग कश्यपले सरकारले ल्याएको नागरिकता कानुनसम्बन्धी विधेयकविरूद्ध देशका विभिन्न भागमा भएका विरोध प्रदर्शनका बीच शुक्रबार राति लगातार ट्विट गर्दै केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाए।

अत्यन्त तिखो भाषामा गरिएको ट्विटटमा उनले लेखेका छन्, ‘हाम्रो मुख्य सेवक, हाम्रा प्रधानमन्त्री, जनताका प्रधान सेवक प्रधानमन्त्री नरेन्द्र मोदी सुन्न नसक्ने, बोल्न नसक्ने र मानवीय संवेदनाभन्दा टाढा छन्। उनी एक नौटंकी मात्रै हुन, जो भाषण मात्रै दिन सक्छन्। बाँकी कुनै पनि कुरा उनीसँग सम्बन्धित छैन। उनी न त देख्न, सन्न र बोल्न नै सक्छन्। उनी अहिले नयाँ झूटहरू सिक्नमा व्यस्त छन्।’

‘सरकारद्वारा समर्थित असामाजिक तत्वहरूले हिंसा थाल्छन् र त्यसपछि पुलिस जनतामा बिच्छेद गर्दछन्’, यसअगाडि नै उनले लगाएको आरोप हो यो।

अर्को ट्वीटमा उनले पछिल्लो हिंसात्मक परिस्थितिमा भाजपा सरकारको हात रहेको उनले आरोप लगाएका छन्। उनले प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट रिट्विट गरे र प्रधानमन्त्री मोदीलाई प्रश्न समेत गरेका छन्।

 पीएमओको ट्विटमा प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै भनिएको छ, ‘विगत पाँच वर्षमा देशले आफूलाई यति धेरै बलियो बनाएको छ कि त्यस्ता लक्ष्यहरू राख्न र हासिल गर्न सकिन्छ।’

यस ट्विटमा अनुरागले टिप्पणी गरेका छन्, ‘ कति मजबुद छ? कसरी प्राप्त गरिन्छ? तपाईं एक प्रखर वक्ता हुनुहुन्छ, यसमा दुई मत छैन। तर, कुराले देश चल्दैन सर। आंकडा, तथ्य पनि त केही हुन्।

नागरिकता संशोधन ऐनमा फिल्म उद्योगसँग जोडिएका कलाकारलाई लिएर सामाजिक सञ्जालमा धेरै नै चर्चा भएको छ। केही कलाकार खुलेरै यो कानुनको समर्थमा उत्रिएका छन् भने केही विरोधमा। केही कलाकार भने मौन रहेका छन्।

अनुराग कश्यप त्यस्ता व्यक्तिहरुको सूचीमा छन् जो यो कानुका विपक्षमा लगातार बोलिरहेका छन्। बिहीबार पनि उनले ट्विट गर्दै भनेका छन्, ‘देशमा फेरि एकपटक संकटकालीन अवस्था देखिँदैछ। उनले यो ट्विट उत्तर प्रदेशका डीजीपीको ट्विट सेयर गर्दै लेखेका हुन जसमा भनिएको थियो कि ‘प्रदर्शन गर्न निषेध गरिएको छ।’

जामिया हिंसा अनुराग कश्यप, मनोज बाजेपयी, परिनिती चोपडा, विकी कौशल, ऋचा चढ्डा, दिया मिर्जा, विशाल भारद्वाज, फरहन अख्तर, ऋतिक रोशन जस्तौअभिनेता खुल्लमखुल्ला प्रहरी र सरकार आलोचना गर्दै ट्विट गरेका छन्।

त्यस्तै विवेक अग्निहोत्री, परेश रावल, अशोक पण्डित, पायल रोहतगीजस्ता कलाकारहरु निरन्तर विरोधको बारेमा प्रश्न गरिरहेका छन्।

शनिबार बिहान, विवेक अग्निहोत्रीले टाइम्स अफ इन्डियाको एक समाचार ट्विट गर्दै लेखेका छन्, ‘गलत सूचना फैलाउने, भड्काउने र हिंसा जगाउने (विशेष गरी अशिक्षित अल्पसंख्यकलाई) अवैध मात्र होइन। यो अनैतिक अपराध पनि हो। यदि त्यहाँ लोकतन्त्र धर्म हो भने यो पाप हो। यदि संविधान पुस्तक मात्र हो भने यो निन्दनीय छ।’ू

त्यस्तै प्रवेश रावलले नागरिकता कानुनमा सम्बन्धी एक ट्विट सेयर गर्दै लेखेका छन्, ‘कृपया पढेर उनीहरुलाई बुझाउनुहोस्, जो कुनै तुक नभएको हिंसामा लागेका छन्।’

चलचित्र निर्माता अशोक पण्डितले शनिबार ट्विटमा विरोध प्रदर्शनमाथि कटाक्ष गर्दै लेखेका छन्, ‘यी तथाकथित विरोधले हाम्रो महान् देशमा राहुल गान्धी जस्ता धेरै व्यक्तिहरू छन् भन्ने देखाउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .