फोटोवाक नेपालको शनिबारको कार्यक्रमलाई निकोन नेपालले सहयोग गरेको थियो।
शनिबार पाटन दरवार स्क्वायरमा ‘हेरिटेज वाक र क्यामेरा टक’ नाम दिइएको कार्यक्रम आयोजना भएको हो। जहाँ ३० जना भन्दाबढी फोटोग्राफरले भाग लिएका थिए।
कार्यक्रममा फोटोवाक नेपालमा आवद्ध चर्चित फोटोग्राफरहरुले नयाँ पिढिँका फोटोग्राफरलाई पाटन दरवार स्क्वायरमा हिँड्दै फोटोग्राफीको महत्व र उक्त स्थानको महत्वबारे बताएका थिए।
उक्त कार्यक्रममा निकोनका नयाँ मिररलेस सेरिजको बारेमा पनि जानकारी दिइएको थियो।
फोटोवाक नेपालले प्रत्येक महिनाको दुई फोटोवाक सेसनको आयोजना गर्दछ। जहाँ फोटोग्राफी प्रेमीलाई विभिन्न स्थानमा घुमाउँदै फोटो खिच्न सिकाइन्छ र त्यो स्थानको महत्वको बारेमा बुझाइन्छ।
यसपटक भने पाटन दरवादर स्क्वायरमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया