नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सांसद भएको भोलिपल्टदेखि नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन्।
मैतिदेबी मतदान केन्द्रबाट मतदान गरेसँगै संचारकर्मीसँग कुराकानी गर्दै थापाले सो कुरा बताएका हुन्।
‘मैले मेरो दाबी प्रस्तुत गरिसकेको छु। म सांसद भएर गएको भोलिपल्टदेखि संसदीय दलको निर्वाचनको तयारी गर्नेछु,’ उनले भने, ‘संसदीय दलको निर्वाच्न जित्ने हो र ड्राइभिङ सिटमा बसेर देशलाई हाँक्ने हो भन्ने मेरो संकल्प हो। त्यसका लागि मलाई निर्वाचन क्षेत्रको मतदाताले पुर्याउनुहुनेछ।’
थापा काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनले अहिले शानदार ढंगबाट जित्नेमा विश्वस्त रहेको बताए। ‘मेरो विचारमा मैले मेरो ब्रम्हले भनेको कुरा गरेको हुँ, मेरो मतदाताले तपाईं सांसद भएपछि तपाईंले गर्ने के हो? भनेर भन्दैगर्दा मलाई वडाध्यक्ष वा मेयरको रुपमा निर्वाचित गर्न लागेको होइन, मेरो योजना संसदीय दलको नेता लड्ने छ भन्ने हुँदाहुँदै लुकाउन हुँदैन।’ थापाले भने।
Shares
प्रतिक्रिया