ad ad

राजनीति


ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

बेलायतका राजा चार्ल्स तृतीयले दक्षिण एसिया मूलका ऋषि सुनकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् (फोटोः द रोयल फेमिलि)


नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १७:५६, काठमाडौँ

बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन्। 

मंगलबार बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए।

पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित भएका हुन्।  

प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताए।

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि प्रतिस्पर्धामा रहेका सुनकलाई नेतृत्वमा आएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .