ad ad

राजनीति


काठमाडौं ७ मा माओवादीले दियो मानुषीलाई टिकट

काठमाडौं ७ मा माओवादीले दियो मानुषीलाई टिकट

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २३:१४, काठमाडौँ

 नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।

उनी पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी हुन्।

माओवादीको भागमा परेको काठमाडौ ७ बाट मानुषी उम्मेदवार बन्ने निश्चित रहेको एकजना पदाधिकारीले नेपालखबरलाई बताए।

यसपटक बाबुराम उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्दैछन्।

भट्टराई आफू कहाँबाट उम्मेदवार बन्छन् अहिलेसम्म प्रस्ट भएको छैन। तर उनकी छोरी काठमाडौ ७ बाट उम्मेदवार बन्ने पक्का भएको छ। 

यससँगै अब मानुषीले काठमाडौं ७ मा कांग्रेस, माओवादीको साथ पाउने छिन्। 

माओवादीले आफ्नो भागमा परेको सिटमा शनिबार उम्मेदवार चयन गर्दैछ।

माओवादीको चुनाव चिन्ह लिएर यसपटक नेसपा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्दैछ।

२०७४ को निर्वाचनमा काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उनी १८१०२ मत ल्याएर विजयी भएका थिए।

उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले १००७९ मत ल्याएका थिए।

यस पटक काठमाडौं ७ मा एमालेले रामवीरलाई टिकट दिएको छैन।

यहाँ यस पटक एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .