सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६१ सिटको भागवण्डा मिलाएका छन्। बाँकी ४ सिटमा विवाद कायमै रहेकाले मिलाउन छलफल जारी रहेको एक नेताले बताए।
शुक्रबार दिनभर बालुवाटारमा बसेको सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादीसमेतको बैठकले संघीय संसदतर्फको सिट भागवण्डा मिलाएको हो।
जसअनुसार गठबन्धनको ठूलो दल कांग्रेसले ८४ सिट लिने भएको छ। दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ४७ सिट परेको छ।
माधवकुमार नेपाल नेतृत्व गरेको एकीकृत समाजवादीलाई २० सिट मिलेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सिट लिने भएको छ।
अर्कातिर जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा भित्रिएको लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ सिट दिने समझदारी भएको छ।
गठबन्धन छाडेको जसपाले एमालेसँगको तालमेलबाट २५ सिट लिने भएको छ। लोसपाले एमालेसँग १० सिट मागेको थियो। तर एमाले पाँच सिट मात्रै दिन तयार भएको थियो।
यस्तोमा गठबन्धन छाडेका उपेन्द्र यादवले बालकोटको बाटो तताउँदा महन्थ ठाकुरका लागि बालुवाटारको ढोका खुलेको हो।
Shares
प्रतिक्रिया