गान्धीले झारखण्डको चुनावी सभामा मोदी सरकारको पालामा भारतमा बलात्कारको घटना बढेको बताउँदै ‘रेप इन इन्डिया’ शब्दको उच्चारण गरेका थिए।
उनले भनेका थिए,‘नरेन्द्र मोदीले भनेका थिएः मेक इन इन्डिया, मेक इन इन्डिया नभएर अब तपाइँले जहाँ पनि देख्न सक्नुहुन्छ..रेप इन इन्डिया।’
गान्धीको यस्तो अभिव्यक्ति आएपछि भाजपाको तर्फबाट केन्द्रीय मन्त्री रहेकी स्मृति इरानीसहित कैयौं सांसदले संसदमै विरोध जनाएका थिए। उनीहरुले गान्धीले माफ माग्नु पर्ने बताएका थिए।
यद्यपी गान्धीले आफूले माफी नमाग्ने प्रतिक्रिया जनाएका छन्। उनले भनेका छन्,‘मर्न तयार छु, माफी माग्दिन।’
— Rahul Gandhi (@RahulGandhi) December 13, 2019Modi should apologise.
1. For burning the North East.
2. For destroying India’s economy.
3. For this speech, a clip of which I'm attaching. pic.twitter.com/KgPU8dpmrE
गान्धीले भाजपाका नेताको प्रतिक्रिया जनाउन ट्वीटरमा मोदीले ‘बलात्कार’ शब्दको प्रयोग गरेको भिडियो सेयर गरेका छन्। जहाँ मोदीले भनेका छन्,‘भारतको राजधानी दिल्ली ‘रेप क्यापिटल’ बलात्कारको शहर बनेको छ।’
गान्धीले मोदीमाथि आरोपहरु लगाउँदै भनेका छन्,‘बरु नरेन्द्र मोदी र उनका सहयोगी अमित शाहले माफी माग्नुपर्छ। उनीहरुले देशको अर्थव्यवस्था डामाडोल बनाएका छन्।’ बीबीसीहिन्दी
Shares
प्रतिक्रिया