राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेट गरेका छन्।
दरबारमार्ग वृत्तमा पुगेर प्रहरी हिरासतमा रहेका गुरुङलाई लामिछानेले भेट गरेको तस्बिर सार्वजनिक गरेका छन्।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए।
शुक्रबार पीएसओसहित त्यहाँ पुगेका श्रेष्ठलाई सुरुक्षा गार्डले लाइनमा बस्नुस् भन्दा मन्त्री हो भन्दै अगाडि बढ्न खोजेका थिए।
त्यसपछि सुरक्षा गार्डले रोक्दै मन्त्री भए पनि लाइनमा बस्नुस् भनेका थिए। त्यसपछि पीएसओले पनि मन्त्री हो भन्दै सम्झाएपछि सुरक्षागार्ड सबैलाई नियम बराबर हुने बताएका थिए।
मन्त्रीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेर हिरासतमा राखेको छ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ,’ रविले भेटपछि सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शेरजंग जी भन्नु हुन्छ ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’
उनले ससम्मान रिहा गर्न माग गरेका छन्। ‘यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्, रविले भनेका छन्, ‘नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’
Shares
प्रतिक्रिया