नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनाव जितेर गएपछि कांग्रेसमा अहंकार बढेको टिप्पणी गरेका छन्।
नेपाल तामाङ संघ(समाजवादी)ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।
उनले दुई तिहाईको फूर्ति देखिएकाहरुलाई सडकमा पुर्याएको दाबी गरे।
‘इतिहासमा एउटा कीर्तिमान् कायम गर्यौं, दुई तिहाइको फूर्ति देखाएकोलाई सडकमा देख्यौँ, नेपाली कांग्रेससहित सरकारमा हामी गयौं। निर्वाचन भयो,’ नेपालले भने, ‘निर्वाचनमा कम्युनिस्ट भन्दा कांग्रेस अघि पुग्यो। त्यसपछि कांग्रेसमा अहंकार देखा पर्न थाल्यो।’
उनले कांग्रेसले ‘बुर्कुसी’ मारेर सबैलाई पिरोल्न थालेको बताए। ‘अर्को चिन्ताको कुरा, हाम्रै बुई चढेर ठूलो भएपछि फेरि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने हामी सबैलाई पिरोल्न थालेको छ।’ नेपालले भने।
तर यो सबै हुँदा पनि राजनीतिका आवश्यकतालाई ध्यान दिनपर्ने उनले बताए। ‘यो सबैको अगाडि हामीले राजनीतिक आवश्यकताको पनि ध्यान दिनुपर्ने छ।’ उनले भने।
Shares
प्रतिक्रिया