ad ad

राजनीति


प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने राप्रपाको निर्णयमा फरक मत

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने राप्रपाको निर्णयमा फरक मत

नेपालखबर
साउन ७, २०७९ शनिबार १५:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने अवधारणा अघि सारेको छ।

पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनपर्ने तर्क अघि सार्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले सो अवधारणामा अघि जानुपर्ने निर्णय गरेको छ।

उक्त निर्णय अहिले तत्काल हाम्रो मुलुकमा सम्भव नभएको भन्दै एकजना केन्द्रीय सदस्यले बैठकमै फरक मत राखेका छन्।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य भरत पाठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कस्तो हुने? भनेर प्रश्न गरेका थिए। 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको अनुमति लिएर पाठकले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री को स्वरुप कस्तो हुने?’ भन्नेबारे प्रष्ट हुनुपर्ने प्रश्न गरेका थिए। 

‘कस्तो खालको प्रधानमन्त्रीको कुरा गरिएको हो,’ पाठकले बैठकमा राखेको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्ड, बाबुराम, राजेन्द्र लिङ्देन जस्तै हो कि अन्य हो?’

भारत र चीनको अवस्थित हाम्रो देशमा टाउका मात्र गनेर बस्न नहुने बैठकमा उनको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .