ad ad

राजनीति


यी हुन् राप्रपा केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय (सूचीसहित)

यी हुन् राप्रपा केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय (सूचीसहित)

नेपालखबर
साउन ७, २०७९ शनिबार १५:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ।

साउन ५, ६ र ७ गते राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठक विविध विषयमा १५ निर्णय गर्दै सम्पन्न भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायतको उपस्थिति रहेको श्रेष्ठले जानकारी गराएका छन्।

राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका विषयमा जारी आन्दोलनलाई निरन्तर संचालन गर्ने निर्णय गरेको छ।

‘साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यका केन्द्रित जन संघर्षका कार्यक्रम संचालन गरिनेछ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तितो अनुभव लाई मध्यनजर गर्दै, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ।’

सरकारले महँगी  नियन्त्रण गर्न नसकेको, किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको, करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाउने जस्तो घोर अनैतिक कार्यमा संलग्न भएको, भ्रष्टाचार बढेको जस्ता कारणले यो गठबन्धनको सरकार राज्य सञ्चालनमा पूर्णतः असफल भएको निश्कर्ष राप्रपाले निकालेको छ। 

संवैधानिक राजसस्था सहितको प्रजातन्त्र र सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना, तीन तहको संघीयता होइन प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनाको मुद्दालाई राप्रपाले कार्यनीति बनाउने निर्णयमा बताएको छ।

परराष्ट्र सम्बन्धमा असन्तुलन ल्याउने र राष्ट्रहितमा दूरगामी असर पार्ने सन्धि सम्झौता नगर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। 

यस्ता छन् राप्रपाका निर्णयः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .