ad ad

राजनीति


नेकपाले बम पड्काएर चुनाव जित्योः देउवा

नेकपाले बम पड्काएर चुनाव जित्योः देउवा

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १३:५९,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्।

सोमबार सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका हुन्। पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै सभापति देउबाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेस बिरुद्ध प्रयोग गरेको पनि आरोप लगाए। कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउबाले बताए।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले जनता सरकार प्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताए। निर्वाचनको नतिजाले जनता सरकारसँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत हो नेता पौडेलले भने। कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताए।

कार्यक्रममा बोल्ने अन्य नेताहरुले निर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नु पर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .