ad ad

समाज


सामूहिक विवाहको मञ्च स्वयम्बरकै बेला भत्किएपछि ...

सामूहिक विवाहको मञ्च स्वयम्बरकै बेला भत्किएपछि ...

शैलेन्द्र महतो
मंसिर १६, २०७६ सोमबार १४:११,

जनकपुरधाममा १०८ जोडीको सामुहिक विवाहका लागि तयार पारिएको मञ्च स्वयम्वरकै बेला भत्किएको छ। सोमबार साँझ स्वयम्वरको लागि बेहुला र बेहुली मञ्चमा तयार भएर बसेको बेला एकाएक मञ्च भत्किएको हो।

विश्व हिन्दु परिषदले अयोजन गरेको कार्यक्रममा १०८ जोडीको विवाह गराउने तयारी भएपनि ५१ जोडी बेहुला बेहुली विवाहमा सरिक भएका छन्। ५१ जोडी बेहुला बेहुली नै स्वयम्वरको तयारीमा रहेका बेला मञ्च भार खेप्न नसकी भत्किएको हो। मञ्च भत्किएपछि बेहुला बेहुलीलाई समान्य चोटपटक लागेपनि ठुलो क्षती हुन पाएन। त्यस क्रममा एकजना बेहुली भने बेहोस् भएकी थिइन्। तर पछि उनी पनि समान्य अवस्थामा आएकी छन्।

IMG_0614.JPG

सामूहिक विवाह हेर्न आएका हजारौं सहभागी मञ्च भत्किएपछि आत्तिएर भाग्ने क्रममा सामान्य केहीलाई चोटपटक लागेको छ। तर अवस्था समान्य भएपछि मञ्चमा स्वयम्बर नभई छुट्टा छुट्टै जोडीको विवाहको लागि तयार गरिएको वेदीमै अलग अलग स्वयम्बर भएको छ। अहिले विधिवत विवाहको काम चलिरहेको छ।

धार्मिक सांस्कृतिक संरक्षण तथा दाइजो र बाल विवाह प्रथालाई उन्मूलन गर्न रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका १३ स्थित सीताको त्रेता युगमा विवाह भएको मानिने मणिमण्डपमा विश्व हिन्दुपरिषदले १०८ जोडीको सामूहिक विवाह आयोजन गरेको हो।

IMG_0600.JPG

विवाहका लागि चाहिने समान, बेहुला बेहुलीको लुगा कपडा, मंगलशुत्र सबै परिषदले नै व्यवस्था गरेको विश्व हिन्दु परिषदका अध्यक्ष धनुषधारी पाण्डेले बताए। यस्तो विवाह जनकपुरमै पहिलो पटक अयोजना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .