ad ad

राजनीति


प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको छः दाहाल

प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको छः दाहाल

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १४:१३,

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अपेन्डिसाइटिसको अप्रेसन गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्।

प्रधानमन्त्री ओलीसँग प्रचण्डले शुक्रबार बेलुकी ६ बजेर ४० मिनेटमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कुराकानी गरेका हुन्। भेटपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वस्थ्यमा धेरै राम्रो प्रगति भएको प्रतिक्रिया दिए।

मंगलबार एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकको टोलीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राखेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

‘सो अवसरमा अध्यक्ष प्रचण्डले बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नभएको थियो’, सचिवालयले भनेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र प्रचण्डबीचको भेटवार्ता मुख्यतः स्वास्थ्य उपचारकै विषयमा केन्द्रित रहेको जनाएका छन्।

राजनीतिक विषयमा समेत केही न केही छलफल भएको संकेत गर्दै थापाले भने, ‘दुई अध्यक्षबीच मूलतः स्वास्थ्य उपचारकै बारेमा कुराकानी भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .