ad ad

समाज


गुल्मीमा जिप दुर्घटना, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना, ६ जना घाइते

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १४:१८,

शुक्रबार साँझ गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ।

चन्द्रकोट गाउँपालिका-७ मा साेही वडाकाे डकुवाबाट रैकर जाँदै गरेको लु १ च ७२४८ न को जिप दुर्घटना भएको हो।

घाइतेलाई उपचारको लागि पाल्पा लगिएको छ। गम्भीर घाइते हुनेमा जिप चालक वर्ष २५ का लाल बहादुर नेपाली र अन्दाजी ५० वर्षकी चन्द्रकला घिमिरे रहेका छन्।

घटनाकाे बिस्तृत विवरण आउन बाँकी छ। घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .