ad ad

राजनीति


अमेरिकालाई पछाडि छाड्दै विश्व कुटनीतिमा चीन शक्तिशाली

अमेरिकालाई पछाडि छाड्दै विश्व कुटनीतिमा चीन शक्तिशाली

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ७:५४,

अस्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटका अनुसार चीन पहिलोपटक कुटनीतिक रुपमा सबैभन्दा शक्तिशाली राष्ट्र बनेको हो।

चीनले सन् २०१९ सम्म आइपुग्दा विश्वभर सबैभन्दा बढी राजदूतावास र वाणिज्य दूतावास स्थापना गर्न सफल भएको छ।

चीनले विश्वभर राजदूतावास र वाणिज्य दूतावास गरी २७६ वटा कुटनीतिक केन्द्र स्थापना गरेको छ।

अमेरिका र फ्रान्स यस सूचीमा क्रमश दोस्रो र तेस्रो स्थानमा छ। अमेरिकाले विश्वका २ सय ७३ स्थानमा दूतावास स्थापना गरेको छ भने फ्रान्सले २६७ स्थानमा कुटनीतिक केन्द्र स्थापना गरेको जनाइएको छ।

Image result for XI bri

चीन विश्वको भौगोलिक, राजनीतिक तथा आर्थिक पहुँचमा सबैभन्दा अब्बल राष्ट्र साविभ भएको लोवी इन्स्टिच्युटको अध्ययन जनाइएको छ।

लोवी इन्स्टिच्युटका अनुसन्धानकर्ता बोनी बेली भन्छन्,‘चीनको वाणिज्य दूतावास र राजदूतावास जति देशमा स्थापना भएका छन् त्यहाँ उनीहरु आर्थिक र राजनीतिक प्रभाव छाड्न सफल भएका छन्।’

सन् २०१२ मा चीनको राष्ट्रपति बनेका सी चिनफिङ सत्तामा आएपछि उनले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवी बनाउन सफल भएको अध्ययनमा उल्लेख गरिएको छ।

अध्ययनका अनुसार सीले ल्याएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिम्स’ले चीनलाई विश्वभर कुटनीतिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेलको छ। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .