ad ad

कारोबार


भायनेटको ‘छ क्या लभ्ली’ अफर

भायनेटको ‘छ क्या लभ्ली’ अफर

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ७:२७,

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले सञ्चालनको २०औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक अझ आकर्षक योजना बजारमा ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकहरुले ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा भएको शाओमी रेडमी नोट ८ प्रो प्राप्त गर्नेछन्। त्यसैगरी २७ हजार ७ सय रुपैयाँमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र शाओमी रेडमी नोट ८ प्राप्त गर्नेछन्।

यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले १८ हजार ७ सय ९० रुपैयाँदेखि सामसुङ र स्काईवर्थको ३२ इन्चदेखि ४३ इन्चसम्मका एलईडी टिभी हरुका साथै इन्टरनेट र फ्रि नेट टिभी प्राप्त गर्न सक्नेछन्। यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई तीन महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ।

सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ। सन् २०११ देखि भायनेट कम्युनिकेसन्सले फाइबर अप्टिक्स इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस सुरुवात गरेको थियो।

भायनेटले हाल बनेपा, बुटवल, विराटनगर, वीरगञ्ज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .