सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो। अभियानले सार्वजनिक गरेको नक्सा डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ। नक्शामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताइएको छ।
कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर–घरमा चर्चा हुनुपर्ने बताए। अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताए।
नक्शा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए।
उनले भने, ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’ यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए। नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए।
सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए। उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे ।
प्रतिक्रिया