ad ad

समाज


तीन उपसचिवसहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

तीन उपसचिवसहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १२:२७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना बिरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२ सय ८४ लाई पास गराएको आरोप लागाएको छ। आयोगले १२ सय ८४ जनाको परीक्षाको परिणाम फेरबदल गरी बदनियतपुर्ण तरिकाले सवारी चालक अनुमतिपत्र जारी गरेको जनाएकाे छ।

‘जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना गरी हानि नोक्सानी गरेको पुष्टि हुन आएको’ आयोगले दाबी गरेको छ।
आयोगले ३८ जना कर्मचारीहरुलाई फरक फरक जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो।

तत्कालिन उपसचिव केशरी पोखरेललाई ८ लाख ५९ हजार बिगो रकम सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिवाना मागदाबी गरेको छ।

 यस्तै, इन्जिनियर (हाल अवकास) बासुदेव पोखरेल विरुद्ध ३ लाख ४६ हाजार, प्रहरी निरीक्षक मुरारी मिश्र विरुद्ध २४ हजार, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा विरुद्ध चौवीस हजार नौ सय बिगो रकम दाबी गरेको छ।

त्यस्तै, तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) धर्मराज ढुङ्गाना, तत्कालीन शाखा अधिकृत (हाल उपसचिव)बाबुलाल रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, शाखा अधिकृत (हाल निलम्बन) ईश्वरराज रेग्मी लगाएत ३८ जना कर्मचारी रहेका छन्।

akhtiya yatayat name list

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .