आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश १ बाट ६ जनाको उम्मेदवारी परेको छ। प्रदेश १ को निर्वाचन कार्यालय विराटनगरमा पुगेर ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेबाट ३ जनाले उम्मेदवारी दिएका छन्। जसमा खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा रहेका छन्।
सत्ता गठबन्धनबाट भने कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट एकएक जनाले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको सामुहिक उम्मेदवार भएकाले सहमतिमा प्रदेश १ बाट माओवादीको भने कुनै उम्मेदवार छैनन्।
गठबन्धनको तर्फबाट कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भएका/अल्पसंख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्।
Shares
प्रतिक्रिया