नेकपा एमालेको नयाँ नेतृत्व आज दिउँसो २ बजेसम्ममा घोषणा हुने दसौं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
नेपालखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष विजय सुब्बाले भने :
‘करिब २ हजार आसपास मत खसेको छ। मतदानको समय (बिहान) १०:३० सम्म तोकेका छौं। मतदान सकिएपछि परिणाम घोषणालाई धेरै समय लाग्दैन। डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं। सबै बुथको मत जोड्छौं। अनि परिणाम घोषणा गर्छाैं। अधिकतम लागे (दिउँसो) २ बजेसम्म घोषणा भइसक्छ।’
एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे विद्युतीय मतदान सुरु गरिएको थियो।
यो पनि : एमाले महाधिवेशन : यी पदमा यी निर्विरोध, यी चुनावी प्रतिस्पर्धामा (नामावलीसहित)
102
Shares
प्रतिक्रिया