ad ad

राजनीति


एकल अध्यक्ष रहने गरी महन्थ ठाकुरको नयाँ पार्टी गठन, चुनाव चिह्न ‘साइकल’

एकल अध्यक्ष रहने गरी महन्थ ठाकुरको नयाँ पार्टी गठन, चुनाव चिह्न ‘साइकल’

नेपालखबर
भदौ २, २०७८ बुधबार १४:१६, काठमाडौँ

राजनीतिक दल विभाजन गर्ने अध्यादेश जारी भएलगत्तै महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता तयारी गरेको छ ।  

जसपाको आधिकारिकता गुमाएका ठाकुर पक्षले बुधबार जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठन गरेका हुन्। पार्टीको चुनाव चिह्न भने ‘साइकल’ राखिएको छ। 

नयाँ पार्टी गठनको निर्णय भइसकेको र राजपत्रमा अध्यादेश प्रकाशित भएलगत्तै आयोगमा दर्ता गर्ने एक नेताले जानकारी दिए।

ठाकुरलाई एकल अध्यक्ष बनाइएको छ। ठाकुरपछिको नेतामा राजेन्द्र महतो छन्।

जसपा लोकतान्त्रिकको २३ सदस्यीय कार्यकारिणी समिति रहने प्रस्ताव छ।

‘हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठनको निर्णय भयो’, ती नेताले भने, ‘महन्थ ठाकुर एकल अध्यक्ष रहनुहुन्छ, अहिलेलाई २३ सदस्यीय कार्यकारिणी समिति रहन्छ।’

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि ठाकुरले तराईका केही जिल्लामा अगुवा कार्यकर्ता भेला राखेका थिए। उनलाई छुट्टै पार्टी बनाएर जान नेता तथा कार्यकर्ताहरुले सुझाव दिएका थिए। 

सरकारले ठाकुर पक्ष र एमालेको माधवनेपाल पक्षलाई सहज हुने गरी दल विभाजन गर्न पुग्ने गरी अध्यादेश ल्याइदिएको छ। सो अध्यादेश बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण भइसकेको छ्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .