ad ad

खेल


सन्दीपले क्यारेबियन प्रिमियर लिग गुमाउने

सन्दीपले क्यारेबियन प्रिमियर लिग गुमाउने

नेपालखबर
भदौ २, २०७८ बुधबार १४:१०, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन्। 

अर्को सातादेखि वेस्टइन्डिजमा सुरु हुने सीपीएल २०२१ मा सन्दीप ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएका थिए।

सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल खेल्ने भएपछि सन्दीपले प्रतियोगिता गुमाउने पक्का भएको हो। 

सीपीएल २६ अगस्टदेखि १५ सेप्टेम्बरसम्म हुनेछ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्दै छ। त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ।

त्यसअघि नेपालले पपुवा न्युगिनीसँग ५, ८ सेप्टेम्बरमा दुई ओडीआई सिरिज खेल्नेछ। 

नेपाली टोली अगस्ट अन्तिममा ओमान भ्रमणमा निस्किँदै छ। जसको कारण सन्दीपले सीपीएल गुमाउने निश्चित भएको हो। 

सन्दीपलाई ट्रिनबागो र सीपीएलले औपचारिक रुपमा फुकुवा भने गर्न बाँकी छ। 

गत वर्ष सन्दीपले जमैकाबाट सीपीएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए। सन्दीपलाई अक्सनमा जमैकाले गत वर्ष ९० हजार अमेरिकी डलर अर्थात् एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .