अमेरिकाको रक्षा विभागका एक अधिकारीले अमेरिकी सैनिकले अफगानिस्तानमा रहेका अमेरिकी तथा तालिबानको निसानामा रहेका अफगान नागरिकलाई निकाल्ने योजना बनाएको बताएका छन्।
पेन्टागनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मरिन मेजर जनरल विलियम टेलरले दैनिक ९ हजार जना अफगानिस्तानबाट निकाल्ने योजना रहेको जानकारी दिएका हुन्।
याे अभियान ३१ अगस्टसम्म जारी रहने बताइएकाे छ।
काबुलको हवाई क्षेत्र अब सुरक्षित भएसँगै अमेरिकाले राजधानी काबुलबाट हरेक घण्टा कम्तीमा एउटा निकासी उडान सुरु गर्ने योजना बनाएको बीबीसीले जनाएको छ।
1.4k
Shares
प्रतिक्रिया