ad ad

ग्लोबल


तालिबानको पत्रकार सम्मेलन : महिलालाई विभेद गर्दैनौँ, सरिया कानुनअनुसार अधिकार

तालिबानको पत्रकार सम्मेलन : महिलालाई विभेद गर्दैनौँ, सरिया कानुनअनुसार अधिकार

नेपालखबर
भदौ १, २०७८ मंगलबार २२:३०, काठमाडौँ

अफगानिस्तानमा दोस्रो पटक नियन्त्रण हासिल गरेपछि तालिबानले पहिलो पत्रकार सम्मेलन मंगलवार काबुलमा गरेको छ।

क्यामरा सामु  पहिलो पटक आएका तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, '२० वर्ष लामो संघर्षपछि हामीले देशलाई स्वतन्त्र बनाएका छौँ। हामीले अब विदेशीलाई देशबाट निकालिदिएका छौँ।'

उनले यसलाई पूरै देशका लागि गौरवको क्षणका रुपमा व्याख्या गरेका छन्। 

सरिया अनुसार महिलाको हक

जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा कोही पनि नागरिकलाई आफूहरुले क्षति नपुर्‍याउने पनि बताए। 'हामी अन्तरराष्ट्रिय समुदायलाई कसैलाई पनि कुनै क्षति नगर्ने विश्वास दिलाउन चाहन्छौँ', उनले भने। 

तालिबानका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायसमक्ष कुनै किसिमको विवाद गर्ने पक्षमा आफूहरु नरहेको पनि बताएका छन्। 

'हामी अन्तरराष्ट्रिय समुदायसँग कुनै किसिमको समस्या चाहँदैनौँ। हामीलाई हाम्रो धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार छ। अन्य देशमा पनि अलग-अलग दृष्टिकोण, नियम र कानुन छन्', उनले थपे, 'हाम्रा मूल्य मान्यता अनुसार, अफगानलाई आफ्नो नियम र कानुन तय गर्ने अधिकारी हामीलाई दिइएको छ।'

मुजाहिदले सरिया व्यवस्था अनुसार महिलाको अधिकार तय गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिएका छन्। 

'हामी सरिया व्यवस्था अनुसार महिलाका हक तय गर्न प्रतिबद्ध छौँ। महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्न गइरहेका छन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई महिलासँग कुनै किसिमको भेदभाव नहुने आश्वासन दिन चाहन्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .