ad ad

राजनीति


मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, म माओवादीमै छु : वली

मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, म माओवादीमै छु : वली

नेपालखबर
साउन २०, २०७८ बुधबार १४:३८, काठमाडौँ

लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफू माओवादीमै रहेको बताएकी छिन्।

सर्वाेच्च अदालतले २०७७ फागुन २३ मा नेकपा भंग गर्ने फैसला गरेपछि तत्कालीन नेकपाबाट लुम्बिनी प्रदेश सभा उपनिर्वाचनमा जितेकी उनी माओवादी पार्टीमा खुलेकी थिइन्। तर, वलीले केहीदिन अघि मात्र आफू एमालेमा रहेको र हस्ताक्षर दुरुपयोग गरिएको बताएकी थिइन्। 

आज फेरि उनले आफू माओवादी केन्द्रमै रहेको जानकारी सार्वजनिक गरेको लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले नेपालखबरलाई बताइन्।

‘उहाँ माननीय विमलाजीले आफू माओवादीमै रहेको बताउनुभएको छ,’ शर्माले नेपालखबरसँग भनिन्, ‘अनुकूल हुने वित्तिकै आफूले हस्ताक्षर गर्न तयार छु भन्नुभयो।’

शर्माका अनुसार वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको थियो।

‘मुख्यमन्त्रीको निवासमा उहाँलाई बन्धकको रुपमा राखिएको जानकारी गराउनुभयो, उहाँलाई मुख्यमन्त्रीबाटै जबर्जस्ती रुपमा एमालेमा खुल्न दबाब दिइएको रहेछ,’ शर्माले थपिन्। 

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध हिजो मंगलबार अविश्वासको प्रस्ताव दर्ता भएको छ। ३४ जनाको हस्ताक्षर रहेको सो अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबल हुने समयअघि नै वली माओवादीको पक्षमा खुलेकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .