ad ad

राजनीति


कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै

कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै

केशव सावद
साउन १३, २०७८ बुधबार १६:३२,

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ। 

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो। 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए।

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्। 

आज करिब चार घण्टा बसेको बैठकमा क्रियाशील सदस्यताकै विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए।

भोलि २ बजे पुनः पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने उनले बताए।

‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको छ। साढे चार घण्टा विषयगत, समिक्षा भयो। नेताहरुले आआफ्ना धारणा राख्नुभयो’, प्रवक्ता शर्माले भने,  ‘छानविन समितिका साथीहरुले प्रतिवेदन हेरेर अधुरा काम हेर्न जिम्मेवारी दिएको छ र त्यसपछि पार्टीले निर्णय गर्नेछ।’

करिब ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसले अझै केही जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। कांग्रेस महाधिवेशन आउन अब ३५ दिनमात्रै बाँकी छ भने ८ वटा तहमा अधिवेशन हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .