ad ad

राजनीति


प्रतिगमनविरुद्ध विद्यार्थी संगठनहरुले शंख फुक्ने

प्रतिगमनविरुद्ध विद्यार्थी संगठनहरुले शंख फुक्ने

नेपालखबर
असार २२, २०७८ मंगलबार १७:५६,

विपक्षी पाँच विद्यार्थी संगठनहरुले प्रतिगमनविरुद्ध सिठ्ठी र शंख फुक्ने कार्यक्रम घोषणा गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै आन्दोलित पाँच विद्यार्थी संगठनले पहिलो चरणको कार्यक्रम सम्पन्न भएको समीक्षा गरेका छन्। 

मंगलबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले प्रतिगमन विरुद्ध असार २४ गते देशव्यापी सिट्ठी जुलुस गर्ने र असार २७ गते माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
विद्यार्थी संगठनहरुदे धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेका छन्। यस्तै, उनीहरुले शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन गर्न, चितवनकी छात्रा सुजिता भण्डारी मृत्यु प्रकरणको छानविन गर्न माग गरेका छन् । 

हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिँदा बीमा समितिले विधि र प्रक्रिया मिचेको तथा अरबौं आर्थिक चलखेल गरिएको भन्दै पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तत्काल रोकी दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ।

विपक्षी पाँच दल निकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल (छैठौं) र समाजवादी विद्यार्थी युनियनले प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्दै आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .