ad ad

समाज


आरएसएफको नजरमा प्रेस स्वतन्त्रताका शिकारी हुन् किम, मोदी, पुटिन र सी सहित ३७ नेता

आरएसएफको नजरमा प्रेस स्वतन्त्रताका शिकारी हुन् किम, मोदी, पुटिन र सी सहित ३७ नेता

(फाइल तस्बिर)


नेपालखबर
असार २२, २०७८ मंगलबार १७:४९,

प्रेस स्वतन्त्रको अवस्थाको बारेमा जानकारी राख्ने संस्था रिपोर्टर्स विथआउट बोर्डर्स आरएसएफले ३७ देशका राष्ट्र प्रमुखको नाम सार्वजनिक गर्दै उनीहरुलाई ‘प्रेस स्वतन्त्रताका शिकारी’ भनेको छ।

यो सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायत समावेश छन्।

प्रेस स्वतन्त्रतामा हस्तक्षेपकारी भूमिका खेल्ने र संचार माध्यमलाई दबाब दिने काममा संलग्न यी राष्ट्र प्रमुखको सूचीमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष, म्यानमारका सेना प्रमुख तथा देशका कार्यकारी मिन अङ लाइङ, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते पनि परेका छन्। 

प्रेस स्वतन्त्रतालाई चुनौती दिने शिकारीको रुपमा आरएसएफले दुई महिला नेतृलाई पनि दोषी मानेको छ। 

आरएसएफका अनुसार हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले संचार माध्यममा दबाब सिर्जना गरेका छन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .