नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई तीब्रता दिएको छ।
कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समय मै काम सम्पन्न गर्ने दबाब बढेको हो।
देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुंगो लगाउन समस्या परेको थियो। पुराना सदस्यहरुको क्रियाशील सदस्यको नविकरणमा समस्या नभएपनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकीकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ।
क्रियाशील सदस्यको सूचि प्रमाणित गरेर वडा, गाउँपालिका नगारपालिका प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ।
छानविन समितिका सदस्य एंव केन्द्रीय सदस्य श्याम प्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानविन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताए।
प्राविधिक कामको चापलाई घटाउने काम गर्दै काम भईरहेको पनि उनले बताए। समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानविन गरि टुंगो लगाउने समिति सदस्य घिमिरेले बताए।
नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ।
छानविन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा युवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको घिमिरेले बताए।
प्राप्त विवरणमा ३० देखि ४० वर्षको उमेर समूहका सबै भन्दा बढी ४० प्रतिशत रहेको पाईएको समिति उनले जानकारी दिए।
कांग्रेसमा नेतृत्व विकास क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरुको विवरणले देखाएको घिमिरेको भनाई छ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाडौंमा आयोजना गरिएको छ।
Shares
प्रतिक्रिया