बी एण्ड सी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एंवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन्।
प्रसाईं शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा संधैका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गरीले कलेजलाई सम्बन्धन दिनका लागि आफूसँग २० करोड घुस मागेको र सो सार्वजनिक गरि अख्तियारमा उजुरी गरेपछि अत्यन्तै पुर्वाग्रही भएको आरोप लगाए।
129
Shares
प्रतिक्रिया