प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को पार्टीमा जानेलाई पर्खिन नुहने बताएका छन्।
बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जेठ २ मा फर्कियौं भनेको अहिले जे भइरहेको छ त्यही हो भन्दै बैठकमा नआउनेलाई पर्खिन नसकिने बताए।
‘जेठ २ मा फर्कियौं भनेको यही हो, जो आउँदैन, अर्को पार्टीमा जान्छ, उसलाई पर्खिने हैन,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘यात्रामा अगाडि पनि साथी भेटिन्छन्।’
उनले शनिबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको टेलिफोन संवादबारे पनि बैठकलाई जानकारी गराएका छन्।
‘मैले माधव नेपाललाई भनें, प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्ने हैसियत के हुन्छ,’ ओलीले बैठकमा भने,‘सर्वोच्चको फैसला आउँदासम्म जो जसको हस्ताक्षर (शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हालिएको रिट निवेदनमा) रहन्छ ती एमाले नेता कार्यकर्ता होइनन्।’
यो पनि :
निकट सांसदसँग नेपालको ब्रिफिङ : ओलीसँग मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो
Shares
प्रतिक्रिया