कोरोनाको कारण पशुपतिको आरतिमा तबला र हार्मोनियम बज्न छाडेका छन्। भक्तजनको उपस्थिति शून्यजस्तै हुनथालेको छ।
विश्व महामारी कोरोना भाइरस फैलिनसक्ने भयले आरतिमा शून्यता छाएको हो। दैनिक आरति टुटाउन नहुने परम्परा छ। पहिले बढीमा ३ जना पुजारी वाग्मतीको किनार पुग्थे, बत्ती बाल्थे र फर्किन्थे। चर्को स्वरमा आरति गान हुन्थ्यो।
तर अहिले १ जना पुजारीले नै आरति गरिरहेका छन्। भाइरस फैलिने डरले पशुपति क्षेत्र विकास कोषले २५ जनाभन्दा बढी भेला हुन दिएको छैन। काठमाडौं नै सुनसान बनिरहेका बेला पशुपति पनि शान्तप्रायः बनेको छ।
चैत १०, २०७६ सोमबार १४:४३
प्रतिक्रिया