अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाम लिएको औषधि खाएर नाइजेरियामा तीन जना बिरामी परेका छन्।
गतसाता ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘क्लोरोक्विन’ नामक औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले अनुमति दिएको बताएका थिए।
तर, एफडीएले त्यस्तो अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको थियो। कोभिड–१९ विरुद्ध यसको प्रभावकारिताबारे अझै अध्ययन भइरहेको एफडीएले जनाएको थियो।
तर, ट्रम्पको अभिव्यक्तिपछि नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा यो औषधिको मूल्य बढेको जनाइएको छ।
त्यो औषधि खाएर बिरामी भई तीन जना अस्पताल भर्ना भएको लागोसका अधिकारीहरुले बताएका छन्। उनीहरुले कोभिड–१९ को उपचारमा यो औषधि नखान पनि सुझाएका छन्।
यो मलेरिया, लुपस र गठिया रोगको उपचारमा प्रयोग हुने औषधि हो। सीएनएन
प्रतिक्रिया