ad ad

ग्लोबल


चीनमा ७१ तले प्लाजा हल्लिँदा किनमेल गर्न गएकाको भागाभाग (भिडिओ)

चीनमा ७१ तले प्लाजा हल्लिँदा किनमेल गर्न गएकाको भागाभाग (भिडिओ)

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १५:४९,

चीनमा ७० तलाभन्दा अग्लो एउटा भवन भएको सेग प्लाजा एक्कासि हल्लिएपछि किनमेल गर्न गएका मानिसहरुबीच भागाभाग भएको छ।

बीबीसीका अनुसार दक्षिण चिनियाँ सहर शेन्जेनमा यस्तो घटना भएको हो। स्थानीय अधिकारीहरुले के कारणले मंगलबार दिउँसो सेग प्लाजा हल्लियो भन्ने पत्ता लगाउन सकेका छैनन्।

यो प्लाजा भवन तीन सय मिटर अग्लो छ। उक्त समयमा कुनै भूकम्पन पनि मापन नभएको बताइएको छ। यसबारे अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्।

यो भवन २० वर्ष पुरानो रहेको बताइएको छ। यहाँ विद्युतीय सामग्रीको बजार र विभिन्न कम्पनीका कार्यालयहरु रहेका छन्। यो शेन्जेनको मुटुमा छ। यो सहरमा एक करोड २० लाख मानिसको बसोबास छ भने किनमेल र प्रविधि उद्योगहरु पनि प्रशस्तै छन्।

चिनियाँ सामाजिक सञ्जालमा भवन हल्लिएको भिडियो फुटेज भाइरल बनिरहेको छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाले यो घटनाबारे शेन्जेनको फुटियान जिल्लाको स्थानीय सरकारले सेग प्लाजा स्थानीय समयअनुसार १२ः३१ बजे हल्लिएको जानकारी भवनभित्रका कर्मचारीमार्फत पाएको उललेख गरेको छ। त्यसपछि २ बजेसम्ममा त्यहाँभित्रका सबै माानिसलाई भवनबाट उद्धार गरिएको पत्रिकाले उल्लेख गरेको छ।

पछि स्थानीय सरकारले विज्ञप्ति जारी गर्दै अनुसन्धान गर्दा भवनवरिपरि समेत कुनै पनि भत्के चर्केको र बाहिरी पर्खाल पनि केही नभएको फेला परेको जनाएको थियो।

यो भवन सन् २००० मा निर्माण पूरा भएको थियो। काउन्सिल अन टल बिल्डिंग्स एन्ड अर्बान हेबिट्याटका अनुसार सेग प्लाजा चीनको १०४औँ र विश्वको २१२औँ अग्लो भवन हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .