ad ad

ग्लोबल


श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा महिला नियुक्त

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा महिला नियुक्त

नेपालखबर
असोज ८, २०८१ मंगलबार २०:५३, काठमाडौँ

श्रीलंकाकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।

बीबीसीका अनुसार दिसानायकेले मंगलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रोपटक हो।  उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ।

दिसानायके र अमरसूर्या दुवै वामपन्थी झुकाव भएको नेसनल पिपुल्स पावर गठबन्धनका सदस्य हुन्। यो गठबन्धनसँग २२५ सिट भएको श्रीलंकाको संसद्‌मा जम्मा तीन सिट छ।

आगामी दिनमा श्रीलंकामा संसदीय निर्वाचन हुने अनुमान गरिएकाले अन्तरिम मन्त्रिपरिषद्को बाँकी जिम्मेवारी पार्टीका अन्य दुई सांसदलाई बाँडिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार पार्टीका सदस्य नमल करुणारत्नेले भने- हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ।

उनले अबको २४ घण्टाभित्र संसद् विघटन हुनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .