ad ad

ग्लोबल


इजरायलले गरेको आक्रमणमा १०० जना मारिए, ४०० घाइते : लेबनान

इजरायलले गरेको आक्रमणमा १०० जना मारिए, ४०० घाइते : लेबनान

लेबनानमा सोमबार इजरायलले गरेको आक्रमणमा १०० जना मारिएका छन्।


नेपालखबर
असोज ७, २०८१ सोमबार १९:२५, काठमाडौँ

इजरायलले लेबनानमा रहेको हिजबुल्लाहलाई लक्ष्य गरेर सोमबार गरेको आक्रमणबाट कम्तीमा सय जनाको मृत्यु लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरले जनाएको छ।

यसैबीच इजरायलले लेबनानका मानिसहरूलाई हिजबुल्लाहको क्षेत्रमा नबस्न आग्रह गरेको छ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटिक आक्रमण गर्ने बताएका थिए। हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाका लागि हिजबुल्लाह भएका स्थान नजिक नजान आग्रह गरेका छन्।

आईडीएफका अनुसार हिजबुल्लाहले हालै इजरायलमा १५० रकेट प्रहार गरेको छ। यसको जवाफमा इजरायलले आफ्नो कारबाहीलाई तीव्र बनाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .