ad ad

ग्लोबल


इजरायलले लेबनानमा गरेको आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु, १६४५ घाइते

हिजबुल्लाह-इजरायलबीचको द्वन्द्व ठूलो युद्धमा परिणत हुने भन्दै विश्वभरका नेता चिन्तित
इजरायलले लेबनानमा गरेको आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु, १६४५ घाइते

नेपालखबर
असोज ८, २०८१ मंगलबार ७:४४, काठमाडौँ

हिजबुल्लाहलाई लक्ष्य गरी इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा अहिलेसम्म ४९२ जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमा ३५ बालबालिका र ५८ महिला पनि छन्। आक्रमणमा १६४५ जना घाइते भएका छन्।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको जनाएको छ।

जसका कारण हजारौँ परिवार आफ्नो घर छाडेर भाग्न बाध्य भएको बीबीसीले उल्लेख गरेको छ। 

इजरायली सेनाका अनुसार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ। जसका कारण दुई जना घाइते भएका छन्।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबीच द्वन्द्व चर्किंदै गएपछि धेरै देशले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

यो द्वन्द्व ठूलो युद्धमा परिणत हुनेमा विश्वभरका नेताहरू चिन्तित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .